काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१० मा बन्द भएको छ ।
बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ ।
बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि हाल २३ को तहमा पुगेको छ । कारोबार तथा भोलुम पनि घट्दै गएको छ ।
यी सबै इन्डिकेटर बाट नियाल्दा बजारमा बिस्तारै बिक्रीकर्ता पछाडी हट्दै गएको देखिन्छ तर खरिदको लागि कुनै कन्फरमेसन भने बजारले दिएको अवस्था देखिदैन । फिवनासी मार्फत नियाल्दा पनि बजार हाल ०.६१ प्रतिशतको करेक्सन पुरा गर्दै गरेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।