सोमबार, बैशाख ७,२०८३ 02:17:08
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:17:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, अबको प्रतिरोध कति-कतिमा ?

Bizshala
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, अबको प्रतिरोध कति-कतिमा ?
Shivam Cement

काठमाण्डौ । आजको वृद्धिसँगै सेयर बजार निरन्तर ९ दिन बढेको छ । ९ दिनको कारोबारमा बजारमा २१२ अंकको सुधार आएको छ । योसँगै नेप्से, सूचक तथा कारोबारबाट बुलिस बन्दै गएको छ ।  

आज धितोपत्र बजार पूँजीकरणले अल टाइम हाईको उचाई चुमेको छ । यस्तै कारोबार पनि ६ महिना यताकै उच्च अर्थात १४ अर्बमाथि पुगेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसले बढ्दो बजारलाई संकेत गर्छ । हाल बजारले अघिल्लो साताको ट्रिपल टपको प्रतिरोधलाई ब्रेक आउट गरेर माथिको यात्रा तय गरेपछि नेप्सेले नयाँ गति लिँदै गरेको देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डसँगै हिँडेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि सकरात्मक र लामा–लामा हुँदै गएका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

आरएसआई भने ओभरबट जोन ८२ को तहमा पुगेको छ । यसअघि यस्तो विन्दु ९० पुगे पछि बजारमा नाफा बुक भएको थियो । मनी फ्लो इन्डेक्समा बजार हाल ६८ को तहमा चलेको छ । बढ्दो बजारमा यस्तो विन्दु ९८ सम्म पनि पुग्न सक्छ । समग्रमा बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार बुलिस बनेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज पहिलो प्रतिरोध २८७५ लाई ब्रेक गरेको बजारले अब क्रमशः २९३३ र ३०३९ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । यस्तै २८०० , २७६८ र २७०८ मा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.