शनिबार, असार २१,२०८२ 08:13:13
  • शनिबार, असार २१,२०८२ 08:13:13
Global IME Bank Limited

नेप्सेले डाउ थेउरीमा बनायो ‘नयाँ हायर हाई’, २ सातामा डेढ सय अंकको बढोत्तरी

Hyundai Nepal
नेप्सेले डाउ थेउरीमा बनायो ‘नयाँ हायर हाई’, २ सातामा डेढ सय अंकको बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २११९ को विन्दुमा बन्द भएको बजार यो साता २२०४.६१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ८४.९१ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा ६७.७८ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा २८ अर्ब ९३ करोडको कारोबार भयो । अघिल्लो साता बजारमा २२ अर्ब ७५ करोडको कारोबार भएको थियो ।  

यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा बढोत्तरी आयो । अघिल्लो साताको तुलनामा यो साता बजार बढ्दा कारोबार पनि बढ्यो । यो साता बजार पूँजीकरण ३४.९६ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३३ खर्व ६२ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति १ खर्व ३४ अर्बले बढेको छ । नेप्सेमा पछिल्लो दुई सातामा १५२.६९ अंकको सुधार आएको छ ।  

डाउ थेउरीमा बजारको अबस्था  

यो सिद्धान्त १९ औं शताब्दीतिर चाल्स डाउले प्रतिपादन गरेका थिए । डाउ थेउरीमा मुख्य गरेर ३ वटा ट्रेन्ड हुने गर्छन् ।  जसमा बुल मार्केट , वियरिस मार्केट र साइडवेज मार्केट हुने गर्छन् । जसमा प्राइमरी फेज, सेकेण्डरी फेज र माइनर फेज रहेका हुन्छन् । खासगरि प्राइमरी फेज एक वर्ष वा सो भन्दा बढी अवधि चल्ने गर्छ । सेकेण्डरी फेज एक महिना वा एक साता चल्ने गर्छ । यो भनेको बुल बजारमा करेक्सन र वियरिस बजारमा सुधार हो । त्यसैगरि, माइनर फेज भनेको प्रत्येक दिन हुने उतारचढाव भन्ने बुझिन्छ ।  

नेप्सेको पछिल्लो अवस्थालाई नियाल्दा बजारले विस्तारै बुलिस ट्रेन्ड लिँदै गरेको छ । यो भनेको बजारले हायर हाई र हायर लो बनाउँदै अगाडी बढेको अवस्था हो । यस वर्षको वैशाख अन्तिम सातामा १९५० को विन्दुमा सपोर्ट लिएर बढेको बजारले जेठ महिनामा २१३५ विन्दु आसपास एउटा हायर हाई बनायो ।  

त्यसैगरि, बजारले असार १६ गते २०३५ को विन्दुमा हायर लो कन्फर्मेसन गरेर यो साता नयाँ हायर हाई बनाएर २२ सय माथि बन्द भएको छ । यस हिसाबले गएको एक वर्षको समयावधिमा बजारले नयाँ हायर हाई बनाएको छ । यो साता २२ सय विन्दुमाथि बन्द भएको बजारले आगामी दिनमा पनि निरन्तरता पाएको खण्डमा २२६० विन्दु आसपास एउटा प्रतिरोधको सामाना गर्न सक्छ । यदि करेक्सन आएमा भने अब बजारले २१५० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो साताको बजार ७५ को तह नजिक बुलिस सेन्टिमेन्टमा रहेको छ । यस्तो मिटरमा यदि बजार २० भन्दा तल भएमा वियरिस , ५० को आसपासमा रहेमा न्यूट्रल र ७५ भन्दा माथि लागेमा बुलिस रहेको मानिन्छ । यसले लगानीकर्ताको सेन्टिमेन्टलाई प्रतिनिधित्व गर्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३१०

प्रतिरोध २ –२२३६

प्रतिरोध १– २१७८

पिभट प्वइन्टः २१०९

घटेमा सपोर्ट  

सपोर्ट १– २०४५

सपोर्ट २– १९७२

सपोर्ट  ३ –१९७५

निष्कर्षः पछिल्लो २ सातामा बजारमा करिब १५२ अंकको सुधार आएको छ । बजार बढ्दा कारोबार पनि बढ्दै गएको छ । प्राविधिक रुपमा यो साताको बजारलाई नियाल्दा डाउ थेउरीमा हायर हाई बनाएको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । त्यसैगरि, अन्य इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार बुलिस नै रहेको छ । आरएसआईबाट नियाल्दा भने डेली बेसमा बजार ओभर बट जोन ७५ भन्दा माथि पुगेको देखिन्छ । यसले बजार प्रतिरोध नजिक पुगेको बुझिन्छ । यो साता २२ सय विन्दुमा बन्द भएको बजारले यस अघिको कडा प्रतिरोध २२६० विन्दु आसपास आगामी साता केही रियाक्ट गर्न सक्छ । यदि बजारले यस आघिका २२६० विन्दु आसपासका ४ वटा प्रतिरोधलाई पनि ब्रेक गरेर माथि लाग्छ भने नेप्से केही समयमा २५ सय विन्दु आसपास पुग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.