बुधबार, भाद्र २५,२०८२ 10:28:24
  • बुधबार, भाद्र २५,२०८२ 10:28:24
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार

Hyundai Nepal
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, ओभर सोल्ड जोनमा, बन्यो ‘डब्लु’ आकार

काठमाण्डौ । आज नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेर सेयर बजार निर्धारित समयअगावै बन्द भयो । ६ प्रतिशतको  सकरात्मक सर्किट लाग्दा बजारमा जम्मा ३७ करोड ५२ लाखको काराबार भयो । 

आज नेप्से करिब ११८ अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यो सँगै बोलिङगर ब्याण्ड मार्फत नियाल्दा आज बजारले मध्य ब्यान्डलाई  ब्रेक गरेर माथि गएको छ । यो सँगै यस अघि बनेका १३ वटा क्याण्डललाई ढाक्दै नेप्सेमा आज बुलिस क्याण्डल बनेको छ । म्याक्डीमा करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ  । हिस्टोग्राम नेगेटिभ भएता पनि छोटा–छोटा बनेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आरएसआईमा ओभर सोल्ड जोनमा डब्लु आकार बनाएर ५० भन्दा माथि बन्द भएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारले लामो समय पछि आज खरिद कन्फरमेसन दिएको छ । बजारले यस अघिको करिब २०२५ को प्रतिरोधलाई पनि ब्रेक गरेर माथि लागेको छ । आज १ सय भन्दा बढी अंकले बढेको बजारमा यदि आगामी कारोबारमा करेक्सन आउँछ भने त्यो मध्य ब्याण्ड अर्थात २०४० भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । 

यस अघि माघ ३ गते अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले आज पहिलो पल्ट तल्लो ब्याण्डमा बुलिस पिनबार बनाएर प्राविधिक रुपमा खरिद कन्फरमेसन दिएको हो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.