मंगलवार, कार्तिक ३,२०८३ 03:19:54
  • मंगलवार, कार्तिक ३,२०८३ 03:19:54
Global IME Bank Limited

नेप्सेले ‘अल टाइम हाई’ बनाउन सक्ने यस्ता छन ३ आधार, ‘म्याक्डीमा २३ सातापछि ‘बुलिस क्रसओभर’ बन्दै

Bizshala
नेप्सेले ‘अल टाइम हाई’ बनाउन सक्ने यस्ता छन ३ आधार, ‘म्याक्डीमा २३ सातापछि ‘बुलिस क्रसओभर’ बन्दै
New Office

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ७४३.७४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८१५.०४ विन्दुमा बन्द भयो  ।  

यस हिसाबले यो साता सेयर बजार ७१.३ अंकले बढ्यो ।  अघिल्लो साता पनि बजार ६५.२७ अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ४३ अर्ब ९३ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता पनि ४ दिनको कारोबारमा ३८ अर्ब ५८ करोडको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुवैमा बढोत्तरी आयो । यो साता बजार पूँजीकरण ४६ खर्ब ७४ अर्बको रह्यो ।  अघिल्लो साता यस्तो बजार पूँजीकरण ४५ खर्ब ५४ अर्ब भएको थियो । यस हिसाबले यो साता बजार बढ्दा नेप्सेमा १ खर्ब २० अर्बले बजार पूँजीकरण बढ्यो ।  

प्राविधिक पक्षः  

डाउ थेउरीको आधारमाः  

डाउ थेउरी चाल्र्स डाउले सन् १८९६ मा प्रतिपादन गरेको सिद्धान्त हो । उनले यो सिद्धान्तमा बजारको सूचक तथा कम्पनीको मूल्य एउटा निश्चित ट्रेन्ड र दिशा निर्धारणले गर्ने जनाउँछ । जसमा बुल मार्केट र बियर मार्केट भन्ने हुन्छ ।

बुल बजार  

बुल बजारमा पनि तीनवटा फेज हुने गर्छन् । जसले लगानीकर्ताहरुको चालचलनलाई जनाउने गर्छ । यसमा पहिलो भनेको ‘एक्युमुलेसन’ हुन्छ । यसमा कारोबार तथा भोल्युम बढ्ने गर्छ । दोस्रो भनेको ‘पब्लिक पार्टीसिपेशन’ हुन्छ । यसमा बजारले ठूलो मुभ लिन्छ । तेस्रो भनेको ‘एक्सेस् फेज’ हो । जसमा अनुभवि लगानीकर्ता बजारबाट निस्कन्छन् भने नयाँ निरन्तर बजार पस्ने गर्छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बियर बजार  

बियर बजारमा पनि तीन वटै फेज हुने गर्छन् । यसमा पनि लगानीकर्ताको चालचलनलाई नै जनाइन्छ । जसमा पहिलो भनेको ‘डिस्ट्रिब्यूसन’ हो । यसमा विभिन्न सञ्चार माध्यमहरुबाट बजार खस्न थालेको समाचार प्रवाह हुने गर्छन् । दोस्रो भनेको ‘पब्लिक पार्टीसिपेशन’ नै हो । यसमा स्टप लसको लहर चलेको हुन्छ । तेस्रो भनेको प्यानिक अवस्था हो । यो समयमा लगानीकर्ताहरुमा कम्पनीको मुल्य तथा सूचक फर्कने आशा मरेको हुन्छ र लगानीकर्ता बजारबाट हराउने गर्छन् ।  

डाउ थेउरीमा हालको बजारको अवस्था कस्तो ?

हालको अवस्थामा बजार बुल नै हो । एक्युमुलेसन पछि पब्लिक पाटीसिपेसन पनि चल्दै गरेको  देखिन्छ । जसलाई पछिल्लो पटक कारोबारमा लगातार १० अर्बमाथि कारोबार आउनुले बजारमा एक्युमुलेसन सँगै पब्लिक पार्टीसिपेसन पनि चलेको बुझिन्छ । पछिल्लोपटक बजारले २५६० विन्दुमा सपोर्ट बनाए पछि २५८३ विन्दुमा हायर लो र २६६० विन्दुमा हायर हाई र अघिल्लो साता २५८० र २६२६ विन्दुमा हायर लो निश्चित गरेको थियो । तर यो साता  बजारले नयाँ हायर हाई बनाएर नेप्से २८१५ को विन्दुमा बन्द भएको छ । यसले बजार डाउ थेउरी वा प्राइस एक्सनबाट नियाल्दा बजार प्रष्ट रुपमा नै बुल कन्फर्मेसन दिएको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआईको आधारमा  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तिन सातादेखि मध्य ब्याण्डमा सपोर्ट लिएको बजारले यो साता अपर ब्याण्डमासँगै हिड्न खोजेको देखिन्छ । बोलिङ्गर ब्याण्डमा नै अपर ब्याण्ड र लोअर ब्याण्ड साँघुरिएको छ । यसले बजारले ट्रेन्ड परिवर्तन गर्न खोजेको देखिन्छ । साप्ताहिक रुपमा नै बजारलाई म्याक्डी मार्फत नियाल्दा २३ सातापछि बजारमा ब्ुलिस क्रसओभर बन्दै गरेको देखिन्छ ।  

हिस्टोग्राम छोटा–छोटा बन्दै गएका छन भने एमएसीडी लाइन र सिग्नल लाइनबीच बुलिस क्रसओभ बन्दै गरको देखिन्छ । यसअघि असोज ६ गते वियरिस क्रसओभर बनेको बजार हाल बुलिस बन्दै गरेको देखिन्छ । साप्ताहिक रुपमा आरएसआई पनि बजारले ५० को तहमा सपोर्ट लिएर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२८१५

प्रतिरोध २ – २७५६

प्रतिरोध १–२७०४

पिभट् प्वइन्टः२६३५

घटेमा सपोर्ट  

सपोर्ट १– २५८८

सपोर्ट २– २५१९

सपोर्ट  ३ –२४७३

निष्कर्षः  यो सातासम्म बजार लगातार २ साता सुधार आयो । यो साता नेप्सेमा कारोबार र सूचक दुवैमा सुधार आयो । लामो समय साइड वेज चलेको बजारले यो साता २८ सय विन्दुमाथि बन्द भएको छ । प्राविधिक रुपमा बजारले यो साता नयाँ हायर हाई बनाएको छ । यस हिसाबले बजारले नयाँ हाई बनाउने तर्फ चलेका केही आधारहरु देखिन्छन् । जसमा हामीले अघिल्लो साता भने जस्तै पहिलो कारण भनेको कारोबार नै हो ।  

नेप्से बुल जानका लागि हालको बजारमा दैनिक औषत १० अर्बमाथि कारोबार आउनै पर्छ । यस्तो दैनिक औषत कारोबार यो साता झण्डै ११ अर्ब भएको छ । दोस्रो कारण भनेको बजारले बनाएको प्राइस एक्सनमा बनाएका हायर हाई र हायर लोका सिरिज नै हुन । तेस्रो भनेको आधारभूत रुपमा अधिक तरलतासँगै बजारमा सस्तो ब्याजदरको पैसा हो । यस हिसाबले जबसम्म बैंकको ब्याजदर डबल डिजिटमा जाँदैन त्यो बेलासम्म बजार बुल नै हो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.