बुधबार, भाद्र २५,२०८२ 10:16:25
  • बुधबार, भाद्र २५,२०८२ 10:16:25
Global IME Bank Limited

बोलिङगरको मध्य ब्यान्डबाट माथि लाग्यो नेप्से, मनी फ्लो इन्डेक्समा पनि सुधार

Hyundai Nepal
बोलिङगरको मध्य ब्यान्डबाट माथि लाग्यो नेप्से, मनी फ्लो इन्डेक्समा पनि सुधार

काठमाण्डौ । आजसम्म बजार लगातार तीन दिन बढेर बन्द भएको छ । यो सँगै पछिल्लो तीन कारोबारमा पछिल्लो पल्टको न्युन विन्दुबाट नेप्सेमा ४५ अंकले बढोत्तरी आएको छ । यो बीचमा दैनिक एभरेज कारोबार भने ३ अर्ब आसपास भएको छ । प्राविधिक रुपमा बजारको पछिल्लो अवस्था हेर्दा भने नेप्से सम्हालिदै गरेको देखिन्छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डेली बेसमा बजारलाई बोलिङगर ब्याण्डबाट नियाल्दा आज मूल्य रेखा मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । डाउ थेउरीबाट बजारलाई नियाल्दा २ हजारमा हाएर–लो बनाएको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारले अघिल्लो साता नै बुलिस क्रसओभर बनाएको छ । यो सँगै हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । 

आरएसआई पनि ओभर सोल्ड जोनमा डब्लु आकार बनाएर हाल न्युट्रल जोन ५२ मा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार विस्तारै सम्हालिएको देखिन्छ । मुभिङ एभरेजबाट बजारलाई हेर्दा आज ५० दिने मुभिङ एभरेजको रेखा २०६५ मा बजारले प्रतिरोध सामाना गरेको देखिन्छ । आगामी दिनमा यदि बजार २०६५ भन्दा माथि कारोबार हुन्छ भने बजारले लामो समयको लागि माथिको यात्रा तय गर्न सक्छ । 

मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोन १२ बाट फर्केर हाल २८ को तहमा पुगेको छ । यसले बजार अब घट्न रोकिएको बुझ्न सकिन्छ ।  

पिभट् मार्फत बजारलाई नियाल्दा नजिकको  प्रतिरोध २१०१,२१७२ र २२५० हुने छ । त्यसै गरि घटेमा भने बजार २०२४,२००० र १९५२ मा सपोर्ट लिन सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.