आईतवार, बैशाख ६,२०८३ 11:50:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:50:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?

Bizshala
इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६३१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता ४४.४८ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता नेप्से करिब ३४ अंकले बढेको थियो । यो साता नेप्सेमा १९ अर्ब ३५ करोडबराबरको सेयर कारोबार भयो ।  

अघिल्लो साता नेप्सेमा १९ अर्ब ४८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार घट्दा कारोबार भने सामान्य बढ्यो । यो साता बजार पूँजीकरण ४२ खर्ब ८९ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ४३ अर्ब रहेको थियो । यस हिसावले यो साता बजार पूँजीकरण झण्डै ५४ अर्बले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्राविधिक पक्षः  

इलिअट वेभको आधारमा  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

पछिल्लो बजारको अवस्थालाई नियाल्दा ट्रीपल टप बनाएर खसेको बजारमा ‘सि’ वेभमा चल्दै गरेको देखिन्छ । ‘सी’ वेभ भित्र पनि एकदेखि पाँच वटा वेभ चलेर बजारको करेक्सन सकिने गर्छ । यस आधारमा हालको बजारलाई नियाल्दा यो साता करिब २५५० विन्दुसम्म आएर पाँचौ वेभ सकिएको मान्न सकिन्छ । यसको निश्चिताको लागि भने बजारले आगामी कारोबारमा माथिल्लो ट्रेन्डलाईनलाई ब्रेक गरेर २६ सय विन्दुमाथि बजार बन्द हुनुपर्ने छ ।  

बैकल्पिक रुपमा यदि बजारले आगामी साता पनि माथिल्लो ट्रेन्डलाईन ब्रेक गर्न नसकेमा बजारको करेक्सन अझै पूरा नभएको मान्न सकिने छ । यो अवस्थामा भने बजारमा अधिक करेक्सन भएको खण्डमा पाँचौ वेभको करेक्सनमा बजारले २५०८ विन्दुसम्म करेक्सन लिन पछि सक्छ । यद्यपी यो भनेको अन्तिम करेक्सन भएको कारण बजारमा रिस्क रिवार्ड रेसियोको आधारमा रिक्स भन्दा रिवार्ड नै बढी हुने देखिन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता पनि बजार तल्लो ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा बजारले यस अघिनै बियरिस क्रसओभर बनाएको छ । तर हिस्टोग्राम नेगेटिभ भएता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआईले करिब ओभर सोल्ड जोन ३३ बाट फर्केर हाल डब्लुआकर बनाउँदै गरेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि बजार ओभर सोल्ड जोनबाट फर्केको छ । सगम्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले करिव–करिव बटम लगाँउदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७३७

प्रतिरोध २ – २६९१

प्रतिरोध १–  २६६०

पिभट् प्वइन्टः २६१४

घटेमा सपोर्ट  

सपोर्ट १– २५८४

सपोर्ट २– २५३८

सपोर्ट  ३ –२५०८

निष्कर्षः अघिल्लो साता करिब ३४ अकंले बढेको बजार यो साता भने चार कारोबारमा ४४.४८ अंकले घटेको छ । यो साता पनि बजारमा खासै सुधार देखिएन । प्राविधिक रुपमा इलिअट वेभबाट नियाल्दा बजार करिब करेक्सनको अन्त्यतिर आएको देखिन्छ । एमएफआई र आरएसआई जस्ता इन्डिकेटरहरुले बजार करिब ओभर सोल्ड जोन नजिक पुगेको देखिन्छ । यस हिसाबले पछिल्लो ट्रिपल टप बनाएर खसेको बजारमा रिक्स भन्दा रिवार्ड बढी रहेको देखिन्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता निर्जिवन बीमा बाहेक सबै क्षेत्रमा गिरावट आयो । जसमा  यो साता बाणिज्य बैंक र कारोबार समूह उच्च अंकले घटे भने बाँकीमा सामान्य अंकको गिरावट आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.