बुधबार, चैत्र २०,२०८१ 07:51:57
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:51:57
IME remit
Global IME Bank Limited

इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?

Hyundai Nepal
इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६३१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता ४४.४८ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता नेप्से करिब ३४ अंकले बढेको थियो । यो साता नेप्सेमा १९ अर्ब ३५ करोडबराबरको सेयर कारोबार भयो ।  

अघिल्लो साता नेप्सेमा १९ अर्ब ४८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार घट्दा कारोबार भने सामान्य बढ्यो । यो साता बजार पूँजीकरण ४२ खर्ब ८९ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ४३ अर्ब रहेको थियो । यस हिसावले यो साता बजार पूँजीकरण झण्डै ५४ अर्बले घट्यो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

इलिअट वेभको आधारमा  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

पछिल्लो बजारको अवस्थालाई नियाल्दा ट्रीपल टप बनाएर खसेको बजारमा ‘सि’ वेभमा चल्दै गरेको देखिन्छ । ‘सी’ वेभ भित्र पनि एकदेखि पाँच वटा वेभ चलेर बजारको करेक्सन सकिने गर्छ । यस आधारमा हालको बजारलाई नियाल्दा यो साता करिब २५५० विन्दुसम्म आएर पाँचौ वेभ सकिएको मान्न सकिन्छ । यसको निश्चिताको लागि भने बजारले आगामी कारोबारमा माथिल्लो ट्रेन्डलाईनलाई ब्रेक गरेर २६ सय विन्दुमाथि बजार बन्द हुनुपर्ने छ ।  

बैकल्पिक रुपमा यदि बजारले आगामी साता पनि माथिल्लो ट्रेन्डलाईन ब्रेक गर्न नसकेमा बजारको करेक्सन अझै पूरा नभएको मान्न सकिने छ । यो अवस्थामा भने बजारमा अधिक करेक्सन भएको खण्डमा पाँचौ वेभको करेक्सनमा बजारले २५०८ विन्दुसम्म करेक्सन लिन पछि सक्छ । यद्यपी यो भनेको अन्तिम करेक्सन भएको कारण बजारमा रिस्क रिवार्ड रेसियोको आधारमा रिक्स भन्दा रिवार्ड नै बढी हुने देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साता पनि बजार तल्लो ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा बजारले यस अघिनै बियरिस क्रसओभर बनाएको छ । तर हिस्टोग्राम नेगेटिभ भएता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआईले करिब ओभर सोल्ड जोन ३३ बाट फर्केर हाल डब्लुआकर बनाउँदै गरेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि बजार ओभर सोल्ड जोनबाट फर्केको छ । सगम्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले करिव–करिव बटम लगाँउदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७३७

प्रतिरोध २ – २६९१

प्रतिरोध १–  २६६०

पिभट् प्वइन्टः २६१४

घटेमा सपोर्ट  

सपोर्ट १– २५८४

सपोर्ट २– २५३८

सपोर्ट  ३ –२५०८

निष्कर्षः अघिल्लो साता करिब ३४ अकंले बढेको बजार यो साता भने चार कारोबारमा ४४.४८ अंकले घटेको छ । यो साता पनि बजारमा खासै सुधार देखिएन । प्राविधिक रुपमा इलिअट वेभबाट नियाल्दा बजार करिब करेक्सनको अन्त्यतिर आएको देखिन्छ । एमएफआई र आरएसआई जस्ता इन्डिकेटरहरुले बजार करिब ओभर सोल्ड जोन नजिक पुगेको देखिन्छ । यस हिसाबले पछिल्लो ट्रिपल टप बनाएर खसेको बजारमा रिक्स भन्दा रिवार्ड बढी रहेको देखिन्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता निर्जिवन बीमा बाहेक सबै क्षेत्रमा गिरावट आयो । जसमा  यो साता बाणिज्य बैंक र कारोबार समूह उच्च अंकले घटे भने बाँकीमा सामान्य अंकको गिरावट आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.