काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनमा साढे २ अर्ब भन्दा बढीले घट्यो । यो कारोबार भनेको २० दिने औषत कारोबार भन्दा कम देखिन्छ ।
आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल हो । यसले बजारमा लगानीकर्ता निकै अन्यौलमा छन् भन्ने बुझिन्छ । यदि आगामी दिनमा बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले माथिको यात्रा तय गर्नेछ ।
तर आजको न्यून विन्दु भन्दा तल गएका बजारमा थप बिक्री दबाब पनि पर्न सक्छ । आरएसआई हाल ३६ को विन्दुमा चलेको देखिन्छ । म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा क्रमश ः २५९५,२५६० विन्दुमा सपोर्ट लिन सक्छ बढेमा भने बजारले क्रमश ः २६११,२६४५ र २७०० विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।