काठमाण्डौ । नेप्से आज २७ सयको विन्दुबाट तल खसेर २६ सयको लाइनमा चलेको छ । आज बजार सामन्य अंकले घट्दा कारोबार पनि ४ अर्ब ३४ करोडमा सीमित बनेको छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो तीन कारोबारमा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको देखिन्छ ।
यद्यपी यो रेखामा सपोर्ट लिएको बजारको आगामी दिशा कस्तो भन्ने विषयमा भने अहिले नै कुनै पनि इन्डिकेटरबाट प्रष्ट देखिदैन । बजारमा आज २ सातापछि कारोबार भने निकै खुम्चिएको छ ।
यसअघि गत फागुन १९ गते नेप्सेमा १४ अर्बको कारोबार भएको थियो । तर बजारलाई एक घण्टाको समय अवधिबाट नियाल्दा भने आरएसआई ओभर सोल्ड जोनमा पुगेर पुनःमाथिको यात्रा तय गरेको देखिन्छ । यसले अल्पकालिन बाउन्सको सम्भावना पनि रहन्छ । तर बजारमा यसको निश्चितताका लागि एक घण्टा समय अवधिमा बोलिङ्गरको मध्य ब्याण्ड २७२० विन्दुभन्दा माथि टिकेर कारोबार हुनु पर्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।