सोमबार, असार २,२०८२ 06:29:07
  • सोमबार, असार २,२०८२ 06:29:07
Global IME Bank Limited

साढे २ घण्टामा झण्डै १३ अर्बको कारोबार, अघिल्लो दिनको रेकर्ड ब्रेक होला ?

Hyundai Nepal
साढे २ घण्टामा झण्डै १३ अर्बको कारोबार, अघिल्लो दिनको रेकर्ड ब्रेक होला ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज पनि उच्च कारोबार भईरहेको छ । नेप्सेमा कारोबार खुलेको साढे २ घण्टाको अवधिमा १२ अर्ब बढीको कारोबार भएको छ ।  

नेप्सेमा १२ अर्ब ८४ करोडको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बढीको कारोबार भएको थियो । त्यसअघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बढीको कारोबार भएको थियो । हिजो कारोबारका साथ–साथै कारोबार संख्या पनि हालसम्मकै उच्च भएको थियो । त्यस दिन ३२२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर कारोबार भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेले आज पनि बजारको मोमेन्टमलाई कायम राखेको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २८.४५ अंकले बढेर २७ सय ८९.३७ विन्दुमा कारोबार भईरहेको छ । आज नेप्से परिसूचक २८०५ विन्दुसम्मको उचाईमा पुगेको थियो भने न्यून विन्दु २ हजार ७४७ विन्दुसम्म झरेको थियो ।  

यो समाचार तयार पार्दासम्म १२२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११९ वटाको घटेको छ । पछिल्लो समय सेयर बजारमा सेक्टर रोटेशन हुँदै कारोबार भईरहेको छ । यस्तै क्रममा आज जीवन बीमा समूहमा सर्वाधिक वृद्धि देखिएको छ । यो समूह आज ५.७९ प्रतिशतले बढेको छ । आज ४ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।  

यो बेलासम्म ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पनि हिमालय रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भईरहेको छ । यो कम्पनीको ३५ करोड ३९ लाख बढीको कारोबार भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.