सोमबार, असार २,२०८२ 06:19:23
  • सोमबार, असार २,२०८२ 06:19:23
Global IME Bank Limited

नेप्सेमा हरियालीका साथ कारोबारको सुरुवात, आधा घण्टामै करिब ४ अर्बको कारोबार

Hyundai Nepal
नेप्सेमा हरियालीका साथ कारोबारको सुरुवात, आधा घण्टामै करिब ४ अर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । बैंकहरुको वित्तीय प्रतिवेदन सार्वजनिक भएको दिन आज नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । नेप्सेले प्रि–ओपन सेसनको वृद्धिलाई जोगाउन सकिरहेको छैन ।  

आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.५३ प्रतिशत अर्थात १४.७६ अंकले बढेको थियो । नियमति कारोबार खुलेको केही मिनेटसम्म उकालो लागेको नेप्सेमा गिरावट आउन थालेको छ । कारोबार खुलेको केही मिनेटमा नेप्से परिसूचक बढेर २ हजार ७९४ विन्दुसम्म पुगेको थियो । तर ५ मिनेटपश्चात भने नेप्सेमा गिरावट आउन थाल्यो । यसबीचमा नेप्से परिसूचक २ हजार ७४५ विन्दुसम्म झरेको थियो ।  

नेप्सेमा कारोबार खुलको ३० मिनेटसम्म ३ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेप्से परिसूचक पनि ०.९६ प्रतिशत अर्थात २६.४५ अंकले बढेर २ हजार ७८२ विन्दुमा कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिलेसम्म १२० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १०५ वटाको घटेको छ । सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  

आज बैंकिङ समूह १.४७ प्रतिशतले बढीरहेको छ । आज प्रकाशित वित्तीय प्रतिवेदनमा वाणिज्य बैंकहरुको सूचकमा अपेक्षा गरेअनुरुप सुधार नदेखिएपनि बैंकिङ समूहप्रति लगानीकर्ताहरुले विश्वास कायम राखेका छन् ।  

नेपाल राष्ट्र बैंकले गत शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि कर्जाको सीमा हटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो । जसको सकारात्मक प्रभाव आजको कारोबारमा देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.