आईतवार, पुष १४,२०८१ 02:31:19
IME remit
  • आईतवार, पुष १४,२०८१ 02:31:19
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । दिनभर सामान्य अंकले तल माथि गरेको सेयर बजार आज अन्त्यमा ४ अंकले घटेर बन्द भयो । आज कारोबार पनि ५ अर्ब ६६ करोड माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ ।  

यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भएको अवस्था भने होइन ।  

Bizshala
Shivam Cement
CG Motors

यदि आगामी कारोबारमा बजार २६०० भन्दा माथि टिकेर कारोबार हुन्छ भने आज बनेको डोजी स्टार भ्यालिड हुन जाने छ । अर्थात बुलिस डोजी स्टार बनेको मानिने छ । आगामी कारोबारमा भोल्युमसहित नेप्से २६३५ विन्दुभन्दा माथि बन्द भएमा अझै निश्चित हुने छ ।

तर आगामी कारोबारमा नेप्से आजको न्यून विन्दु २५५० भन्दा तल बन्द भएको खण्डमा भने अझै करेक्नस नसकिएको मान्न सकिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा र फिक्का हुँन्दै गएका छन् ।  

बजारलाई भोल्युम तथा कारोबारबाट नियाल्दा भने नेप्से घट्दा कारोबार घटेको छ । यो भनेको बजार कुनै पनि समयमा स्ट्रङ बुलिसमा जान पनि सक्छ भन्ने हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

आरएसआईबाट नियाल्दा आज ४० को तहमा रहेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारले करिब बटम लगाउँदै गरेको देखिन्छ तर निश्चित भने भई हालेको अवस्था भने होइन ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.