सोमबार, असार २,२०८२ 06:10:10
  • सोमबार, असार २,२०८२ 06:10:10
Global IME Bank Limited

नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो

Hyundai Nepal
नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो
Nabil Bank Limited

काठमाण्डौ । विगत केही सातादेखि निरन्तर वृद्धि भईरहेको नेप्से परिसूचकमा आज भने व्यापक गिरावट आएको छ । कारोबार खुलको साढे २ घण्टाभन्दा बढीको अवधिमा नेप्सेमा १०० अंक बढीको गिरावट आईसकेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्स्े परिसूचक ३.६३ प्रतिशत अर्थात १०१.६७ अंकले घटेर २ हजार ६९४.७० विन्दुमा सीमित बनेको छ । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको थियो । तर नियमित कारोबार खुलेसँगै नेप्सेले प्रि–ओपनको बढोत्तरीलाई कायम राख्न सकेन र बजारमा गिरावट आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको इन्ट्रा डे कारोबारमा नेप्से परिसूचक २ हजार ८१५ विन्दुसम्म पुगेको थियो । आज नेप्सेमा कारोबार भएशा जम्मा १० वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने २३२ वटा कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।  

यो बेलासम्म थ्रिस्टार हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ३ करोड ५ लाख कित्ता सेयरको १३ अर्ब ६० करोड बढीको कारोबार भएको छ ।  

पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजारमा लगानीकर्ताले नाफा बुक बढाएकाले बिक्री दबाव पर्दा नेप्सेमा गिरावट आएको छ । यसलाई करेक्सनको रुपमा मान्न सकिने बजार जानकार बताउँछन् । बजार एकोहोरो बढेको बढ्यै नगर्ने भएकाले समय–समयमा आउने केही साना–ठूला करेक्सनले बजारलाई अघि बढ्न झनै शक्ति प्रदान गर्ने जानकारहरुको ठहर छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.