काठमाण्डौ । दिनभर उचारचढावपूर्ण रहेको बजारमा आज डोजी क्याण्डल बनेको छ । यो क्याण्डलले बजारमा ठूलो अनिर्णयको संकेत गर्छ । यसले लगानीकर्ता अन्योलमा रहेको तथा पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । बजारलाई एक घण्टाको समय अवधिबाट नियाल्दा आज बजारले बोलिङगरको मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।
म्याक्डीमा वियरिस क्रसओभर बनेको देखिन्छ भने आरएसआई ओभर बट जोनबाट केही तल खसेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा आज बिक्री दबाव रहेको देखिन्छ । डेली बेसमा नियाल्दा आज बनेको अनिर्णयको क्याण्डलले आगामी दिनमा बन्ने क्याण्डल पछि मात्रै बजारको अबस्था निश्चित हुने देखिन्छ ।
तर आज बनेको क्याण्डलसँग आगामी दिनमा क्याण्ड जोड्दा भने कुनै अर्थ निस्कन सक्छ । यदि अगामी दिनमा आज बनेको क्याण्डलको उच्च विन्दु २१२४ भन्दा माथि बजार गएमा बजारले अप ट्रेन्ड र आज बनेको क्याण्डलको न्यून विन्दु २०९६ भन्दा तल बजार लागेमा भने बजारले केही अंक गुमाउन सक्ने छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।