सोमबार, असार २,२०८२ 06:54:25
  • सोमबार, असार २,२०८२ 06:54:25
Global IME Bank Limited

नेप्सेको उत्कृष्ठ सुरुवात, २० मिनेटमा झण्डै साढे २ अर्बको कारोबार

Hyundai Nepal
नेप्सेको उत्कृष्ठ सुरुवात, २० मिनेटमा झण्डै साढे २ अर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिनको सुरुवाती सत्रमा नेप्सेले राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेशनमा १३ अंकले बढेको नेप्सेले नियमित कारोबारमा समेत वृद्धिलाई कायम राखेको छ ।  

नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै ४४ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ८१२ विन्दुमा पुगेको छ । आज १९७ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ वटाको घटेको छ । यो समाचार तयार पार्दासम्म ५० लाख ६४ हजार कित्ता सेयरको २ अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिलेसम्म मिड सोलु हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लागेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक अर्थात २६ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको सेयर माग धेरै भएको छ । अहिलेसम्म हिमालयन रि को १ लाख ५३ हजार कित्ता सेयर माग भएको छ ।  

१३ वटा समूहमध्ये ३ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.