बिहीबार, चैत्र २१,२०८१ 04:08:16
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:08:16
IME remit
Global IME Bank Limited

लगातार तीन साता घटेको बजारमा यो साता लाग्यो ब्रेक, के होला आगामी साता ?

Hyundai Nepal
लगातार तीन साता घटेको बजारमा यो साता लाग्यो ब्रेक, के होला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । डिसेम्बर २५ मा क्रिसमसका कारण बजार बन्द रहेको थियो । ४ दिनमा बजार ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५९६. ८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६३०.७१ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता  ३३.८९ अंकले बजार बढ्यो ।  

अघिल्लो साता ८५.४१ अंकले बजार घटेको थियो । यो साता ४ कारोबारमा १९ अर्ब ४८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता पनि चार कारोबारमा १९.३० अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता  बजार बढ्दा  कारोबार पनि बढ्यो  । यो साता बजार पूँजीकरण ४३ खर्ब ६३ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ अर्ब ७ अर्ब थियो ।  यस हिसाबले यो साता बजार बढ्दा ५६ अर्बले बजार पूँजीकरण बढेको छ ।

 

 

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा लगातार तीन साता घटेको बजारमा यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । बजारलाई मन्थ्ली बेसमा हेर्दा भने यो महिना वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यस हिसाबले डिसेम्बर महिनामा बजारमा बिक्री दबाब परेको देखिन्छ । बजारलाई साप्ताहिक तथा मन्थ्ली दुवै आधारमा नियाल्दा बजार घट्दा कारोबार पनि घटेको छ ।  

त्यसैगरि, बजारलाई प्राइस एक्सनमार्फत नियाल्दा यो साता बजारले लोअर हाई बनाउन माथि गएको देखिन्छ । यो साता २६३० विन्दुमा बन्द भएको बजार आगामी साता २६६० विन्दुभन्दा माथि क्लोजिङ हुन्छ भने बजारले पुनः अप ट्रेन्ड लिन सक्छ । यो साता बैंकिङ सूचकमा आएको सुधारले आगामी साता पनि निरन्तरता पाएको खण्डमा बजारको यात्रा माथि नै हुन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यो साताको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समयदेखि तल्लो ब्याण्डमा चलेको बजारमा केही सुधार भएको देखिन्छ । तर बजार मध्य ब्याण्ड भन्दा माथि गएको अवस्था भने होइन । त्यसैगरि, म्याक्डीमा पनि केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन नजिक ३३ बाट फर्केर ४३ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो साता बजार घट्न रोकिएको मान्न सकिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७४७

प्रतिरोध २ – २७१५

प्रतिरोध १–  २६५६

पिभट प्वइन्टः २६२५

घटेमा सपोर्ट  

सपोर्ट १– २५६५

सपोर्ट २– २५३३

सपोर्ट  ३ –२४७५

निष्कर्षः लगातार तीन साता घटेको बजारमा यो साता सुधार आएको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । तर बजार फर्किहाल्यो भन्न भने सकिदैन । बजारलाई प्राइस एक्सनबाट नियाल्दा लोअर लो र लोअर हाईका सिरिजहरु बनेको देखिन्छ । यद्यपी यो साता २६३० विन्दुमा बन्द भएको बजार आगामी साता बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६६० विन्दुभन्दा माथि भोल्युम सहित बन्द हुन्छ भने बजारले आगामी साता माथिको यात्रा तय गर्न सक्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंकमा भोल्यूम सहित बढोत्तरी आएको छ । त्यसैगरि, लगानी समूह , कारोबार समूह , उत्पादन तथा प्रशोधन समूह र लघुवित्तमा बढोत्तरी आयो भने बाँकी अन्य समूह,  विकास बैंक समूह , वित्त समूह , जलविद्युत समूह , लाइफ , नन्लाइफ  होटल्स र म्यूचुअल फण्डमा गिरावट आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.