सोमबार, असार २,२०८२ 06:44:04
  • सोमबार, असार २,२०८२ 06:44:04
Global IME Bank Limited

नेप्से परिसूचक २८ सय विन्दु नजिक, १ महिनामै ७३६ अंकको उछाल

Hyundai Nepal
नेप्से परिसूचक २८ सय विन्दु नजिक, १ महिनामै ७३६ अंकको उछाल
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचकले २८ सय विन्दु नजिक पुगेको छ । आज कारोबार खुलेको साढे २ घण्टामा नेप्से परिसूचक ३.४४ प्रतिशत अर्थात ९२.८९ अंकले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ७८९.५५ विन्दुमा पुगेको छ । नेप्सेमा ३ करोड ३३ लाख ४८ हजार ४२३ कित्ता सेयर १४ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज कारोबार भएका २१८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २१ वटाको घटेको छ । ३ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो बेलासम्म १७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाईड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.८८ प्रतिशतको गिरावट आएको छ ।  

हिमालयन रि इन्स्योरेन्स ६३ करोड ९३ लाख बढी कारोबारका साथ सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा रहेको छ ।  

नयाँ सरकार गठनसँगै उकालो लाग्न थालेको नेप्से परिसूचक गत जुलाई १ मा २०५३ विन्दुमा रहेको थियो । तर एक महिनाको अवधिमा नेप्से परिसूचक ७३६ अंकले बढिसकेको छ । यस्तै एक साताको अवधिमा २५३ अंकले बढेको छ । मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताका लागि सहज व्यवस्था भएपछि र प्रधानमन्त्रीदेखि अर्थमन्त्रीले समेत पूँजी बजारका बारेमा सकारात्मक टिप्पणी गरेपछि लगानीकर्ताको मनोबल उच्च बन्दा बजारमा निरन्तर वृद्धि देखिएको छ ।  बजारमा तरलताको प्रचुर उपलब्धता र बैंकहरुको घट्दो ब्याजदरका कारण पनि सेयर बजारमा सुधार आईरहेको छ । 

प्राविधिक रुपमा हेर्दा यदि बजार आज २७३५ विन्दु भन्दा माथि टिकेर बन्द हुन्छ भने बजारले अझै केही समय अप ट्रेण्ड लिन सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.