काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता १९९८ अंकमा बन्द भएको बजार यो साता १९६६.२३ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा सेयर बजारमा ३२.५३ अंकको गिरावट आयो । अघिल्लो साता ३३.०३ अंकले बजारमा सुधार आएको थियो ।
यो साता दोस्रो बजारमा १४.४९ अर्बको कारोबार भयो । अघिल्लो साता बजारमा १४.५७ अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै घट्यो । यो साता बजार पूँजीकरण ३१ खर्ब १७ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३१.६९ खर्ब कायम थियो । यस हिसाबले यो साता बजारमा गिरावट आउँदा बजार पूँजीकरण ५२ अर्बले घटेको छ ।
क्याण्डल स्टिकको आधारमाः
क्याण्डल स्टिकको विकास १८ औं शताब्दिमा भएको पाइन्छ । त्यस बेला जापानका एक धान व्यापारी म्यूनिहोसा होमाले क्याण्डल स्टिकको प्रयोग गरेको पाइन्छ । पछि सन् १९९१ मा एक पुस्तकमार्फत यसको प्रकाशन भएको थियो । हाल यसको प्रयोग संसारका स्टक मार्केट , कमोडिटिज बजार तथा क्रिप्टोकरेन्सिको मूल्य उत्तार चढाब हेर्न उपयोग गरिन्छ । यसले छिटो संकेत दिने गर्छ ।
नेप्सेको साप्ताहिक चार्टमा यो साता वियरिस प्रकृतिको क्याण्डल बनेको छ । क्याण्डल स्टिकमार्फत नै डेली बेसमा हेर्दा भने रिर्भस प्रकृतिका डोजी र ह्याम्मर क्याण्डल बनेका छन् । यसले बजारमा आपूर्ति हराउँदै गएको भन्ने बुझिन्छ । लामो समयको वियरिस यात्रा पछि राता क्याण्डल पछि यस्ता क्याण्डल बनेको कारण आगमी साता बजारमा सुधार आउन सक्ने देखिन्छ । तर कन्फरमेसनको लागि भने बजार कारोबार तथा भोल्युमसहित १९८० भन्दा माथि बन्द हुनु पर्ने छ । यस्ता क्याण्डलहरु सापोर्ट जोन १९६० आसपासमा बनेका कारण पनि बजार संम्भावित रुपमा रिभर्सल लिंदै गरेको मान्न सकिन्छ ।
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।
यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २१२३, ०.३८ को टेवा २०६० तथा ०.५ को टेवा २०१४ र ०.६१ को टेवा १९६० सम्म बजार आउन सक्ने देखिन्छ ।
बोलिङगर ब्याण्ड , म्याक्ड र आरएसआइ
डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो साता पनि बजार लोवर ब्याण्डमा चलेको छ । तर मध्य ब्याण्डबाट ब्रेक गरेर माथि जान सकेको छैन । यस आधारमा यदि बजार १९८८ भन्दा माथि लागेमा अप ट्रेन्ड लागेको मानिने छ । म्याक्डीमा पनि वियरिस क्रस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई पनि यस अघि ५० को विन्दुमा प्रतिरोध लिएर ४० मा पुगेको छ । समग्रमा हेर्दा यो साताको बजारले कुनै कन्फरमेसन दिएको देखिदैन । यदि आगामी दिनमा आरएसआई ५० भन्दा माथि र मूल्य रेखा मध्य ब्याण्डभन्दा माथि लागेमा बजारले माथिको यात्रा तय गर्न सक्ने छ ।
पिभट् विश्लेषण
पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार चढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –२०९०
प्रतिरोध २ –२०५८
प्रतिरोध १– १९२८
पिभट प्वइन्टः १९९६
घटेमा सपोर्ट
सपोर्ट १– १९६६
सपोर्ट २– १९३५
सपोर्ट ३ –१९०५
निष्कर्ष ः यो साता दोस्रो बजारमा ६ दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता ३३ अंकले बढेको बजार यो साता पनि लगभग ३२.५ अंकले घट्यो । यो साता दोस्रो बजारमा करिब १९६० को सपोर्ट विन्दु तथा फिवोनासीको ०.६१ आसपासमा सपोर्ट लिएको छ । प्राविधिक रुपमा यो साताको बजारले खरिदको लागि भने कुनै कन्फरमेसन दिएको देखिदैन ।
यदि आगामी दिनमा यो साता १९६६ मा बन्द भएको बजार यदि १९८० भन्दा माथि भोल्युमसहित कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । यो साताको बजारलाई उप समूह अन्तगर्त हेर्दा माइक्रो फाइनान्स र होटल्स समूह सकरात्मक रहे भने, अरु सबै ११ वटा नै उप समूहमा रातो पोतियो । क्याण्डल स्टिकबाट नियाल्दा यो साता सपोर्ट जोनमा रिभर्सल प्रकृतिका क्याण्डल बनेका छन् । यसले सम्भावित रुपमा बजार युर्टन लिन सक्ने सक्ने संकेत गर्छ । यद्यपि अहिले नै यो निश्चित भने भई सकेको अवस्था भने होइन ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।