सोमबार, असार २,२०८२ 07:11:09
  • सोमबार, असार २,२०८२ 07:11:09
Global IME Bank Limited

२९ सय विन्दुबाट झर्यो नेप्से, ‘लगातारको बिदा र नाफा बुकका कारण बजारको लय परिवर्तन’

Hyundai Nepal
२९ सय विन्दुबाट झर्यो नेप्से, ‘लगातारको बिदा र नाफा बुकका कारण बजारको लय परिवर्तन’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक २.६८ प्रतिशत अर्थात ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७२ प्रतिशतले घटेर ५१९.३४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘लामो समयसम्म तीव्र गतिमा बढेको बजारमा आज उच्च नाफा बुक भएको छ । धेरै जसो लगानीकर्ताले बजार घटेपछि सेयर बिक्री गर्ने भएकाले समेत आज बजारमा बिक्री दबाब हाबी भएको छ ।’

आज १ बजेतिर सम्हालिन खोजेको बजारमा पछि बिक्री दबाब आएको भएतापनि बजार बुलिस नै भएको उनले बताए । बजार २६५० विन्दुसम्म आएपनि प्राविधिक रुपमा त्यो बुलिस भित्रकै करेक्सन हुने पौडेल दाबी गरे ।  

अर्का बजार जानकार महेश रिजालले ३ हजार विन्दुमा प्रतिरोध सामना गरेको बजारमा आज बिक्री दबाब देखिएको बताए । ‘गत शुक्रबार नेपाल उद्योग व्यवसाी महासंघको कार्यक्रममा प्रधानमन्त्री आएर पूँजी बजारका विषयमा केही बोल्ने अपेक्षामा रहेका लगानीकर्ता उनको अनुपस्थितीले निराश बन्दा बजारमा केही दबाब आएको छ । यसका साथै लगातार बिदा परेका कारण पनि बजारको लय परिवर्तन भएको देखिन्छ ।’

यद्यपी स्थिर सरकार र घट्दो ब्याजदर भएका कारण आत्तिनु पर्ने कुनै कारण नभएको रिजाल बताउँछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै १.०८ प्रतिशतले बढ्यो ।  

यस्तै आज लगानी समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.८३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ३.३१ प्रतिशत,विकास बैंक २.४४, वित्त ३.५०,होटल २.३८,जीवन बीमा २.५०,उत्पादन तथा प्रशोधन १.९८,म्युचुअल फण्ड १.५९,निर्जीवन बीमा २.३२,अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । अपि पावरको आज ८४ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको ७३ करोड ३१ लाख,साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५१ करोड ९५ लाख,अरुण भ्याली हाईड्रोको ३७ करोड १६ लाख र शिवम् सिमेन्टको ३२ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

धौलागिरी लघुवित्तको सेयरमूल्य ८.१४ प्रतिशतले बढेको आज कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२१ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ६.९५ र समाज लघुवित्तको सेयरमूल्य ६.८० प्रतिशतले बढ्यो ।  

यो दिन मन्दाकिनी हाईड्रो पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.