सोमबार, असार २,२०८२ 06:40:25
  • सोमबार, असार २,२०८२ 06:40:25
Global IME Bank Limited

यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
यो साता यसकारण ऐतिहासिक बन्यो नेपालको सेयर बजार, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २२०४.६१ को विन्दुमा बन्द भएको बजार यो साता २४२४.३२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २१९.७१ अंकले नेप्सेमा  बढोत्तरी आयो ।  

अघिल्लो साता बजारमा करिब ८५ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च  अर्थात ५३.०७ अर्ब बराबरको कारोबार भयो । यो भनेको २०७८ साल भदौ महिना पछिकै उच्च हो । त्यो समयमा एकै सातामा ९७.५९ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा बढोत्तरी आयो । अघिल्लो साताको तुलनामा यो साता बजार बढ्दा  कारोबार पनि बढ्यो ।  

यो साता बजार पूँजीकरण ३८.४६ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३४ खर्ब ९६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति ३ खर्ब ५० अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको बढोत्तरी  माइनर डिग्रीको वेभ ३ चलेको देखिन्छ । जसलाई कारोबार र भोल्युमले पनि पुष्टि गरेको छ । जसअनुसार बजारको पछिल्लोपटकको न्यून विन्दु १८ सय देखि २२ सयसम्म वेभ १ चल्यो ।  

वेभ २ मा  करेक्सन भएर १८५० सम्म आयो । हाल चलेको माइनरकै वेभ ३ मा बजार करिब २५८० सम्म र वेभ ४ मा त्यसमा फिवोनासस्को ३८ प्रतिशत करेक्सन भएर बजार पुनः २३ सयसम्म रिट्रेसमेन्ट लिन सक्छ । त्यस पछिका ५ औं वेभमा बजारले ३ हजारदेखि ३२ सय सम्म पुग्न सक्छ । यस हिसाबले बजारको पछिल्लो अबस्था नियाल्दा आगमी साता माइनरको वेभ ३ सकेर ४ वेभको करेक्नस बजारमा चल्न सक्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा गएका केही सातादेखि नेप्से अपर ब्याण्डसंगै हिडेको छ । तर यो साता माथि लामो धागोसहितको क्याण्डल बनेको छ । यस अघि म्याक्डीमा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभरबट जोन ८६  को तहमा पुगेको छ । बजारलाई आवरली बेसमा हेर्दा यस साताको अन्तिम आवरमा केही करेक्सन आएको देखिन्छ । यस कारण यदि आगामी साता यस साताको उच्च विन्दु २४६० भन्दा माथि बजार जान सक्दैन भने बजारमा केही करेक्सन हुन सक्छ । तर बजार २४६० विन्दुभन्दा माथि–माथि कारोबार भएको खण्डमा थप बुलिस हुनेछ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२५०५

प्रतिरोध २ –२४७०

प्रतिरोध १– २४३५

पिभट प्वइन्टः २३४७

घटेमा सपोर्ट  

सपोर्ट १– २३२४

सपोर्ट २– २२९४

सपोर्ट  ३ –२२७६

निष्कर्ष: अघिल्लो २ सातामा बजार करिब १५२ अंकको बढोत्तरी आएको बजार यो साता  करिब २२० अंकले बढ्यो । बजार बढ्दा कारोबार पनि बढ्दै गएको छ । प्राविधिक रुपमा यो साताको बजारलाई इलिअट वेभबाट नियाल्दा माइनर वेभको तेस्रो वेभ चल्दै गरेको र आगामी साता पनि यसले निरन्तरता पाउन सक्ने दखिन्छ । यद्यपी आगामी साता तेस्रो वेभ सकेर चौंथो वेभको करेन्सन आउन पनि सक्छ । जसलाई यो साता बनेका विभिन्न इन्डिकेटर तथा कारोबार र भोल्युमले पनि पुष्टी गरेको देखिन्छ । यसकारण यदि आगामी साता बजारमा करेक्सन आउँछ भने त्यसले बजार थप मजबुत नै हुनेछ ।  

यो साता सेयर बजार ऐतिहासिक बन्यो । करिव ३ वर्षदेखि १८ सयदेखि २२ सयसम्म चलेको बजारले यस अघिका प्रतिरोध ब्रेक गरेर बजार २४२४ विन्दुमा बन्द भयो । कारोबार तथा भोल्युममा पनि ३ वर्षपछि कै उच्च रह्यो । यस कारण यो साता सेयर बजार लगानीकर्ताहरुको लागि ऐतिहासिक रह्यो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.