सोमबार, असार २,२०८२ 02:05:25
  • सोमबार, असार २,२०८२ 02:05:25
Global IME Bank Limited

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स

Hyundai Nepal
बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा सिजन सुरु भइसकेको छ । हालसम्म १४ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  

जसमध्ये ६ बीमा कम्पनीले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सहित ६ बीमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो समय बीमा कम्पनीहरुको लाभांश दर तथा क्षमता घट्दै जाँदा धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीको सेयरमा समेत लगानीकर्ताको आकर्षण घट्दो छ ।  

वर्षेनी उत्कृष्ट प्रतिफल बाँड्दै आइरहेको नेको इन्स्योरेन्स र नेपाल लाइफले समेत आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णयले राम्रा कम्पनीको लाभांश क्षमता घट्दै गइरहेको लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।  

नेपाल लाइफ, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीलाई प्रतिफल नदिने निर्णय गरेका छन् ।  

नेप्सेमा १२ जीवन बीमा, १२ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनी गरी कुल २६ बीमा कम्पनी सूचीकृत छन् । अझैपनि १२ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय घोषणा गर्न बाँकी छ । ८ कम्पनीले सेयरधनीलाई प्रतिफल दिने निर्णय गर्दा ६ कम्पनीले भने सेयरधनीलाई हिस्स बनाएका छन् । जसमा तीन जीवन बीमा कम्पनी छन् भने तीन निर्जीवन बीमा कम्पनी ।  

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने र उक्त आवको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।  

त्यस्तै, साविक युनियन, प्राइम र गुराँस लाइफ एकापसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीहरुको हात रित्तो बनाएको छ । जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरे पनि कम्पनीले सेयरधनीहरुलाई निराश बनाएको छ ।

कम्पनीले अघिल्लो आवको सञ्चित मुनाफा सेयरधनीहरुलाई वितरण नगरि रिजर्भमा राख्ने बताएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसमेत साधारण सभाबाट पारित गरिसकेको छ ।  

 त्यस्तै, नेको इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिफल नबाँड्ने निर्णय गरेको छ । कम्पनीले सञ्चित मुनाफा रिजर्भ फण्डमा राखेर सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले सो आवको वार्षिक प्रतिवेदन समेत वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।  

यता सानिमा रिलायन्स लाइफले पनि अघिल्लो आवको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरी साधारण सभाबाट वार्षिक प्रतिवेदन, तथा सम्पूर्ण वित्तीय विवरण पारित गरिसकेको छ ।  

साथै सानिमा जिआइसी इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको छ । कम्पनीले संचित मुनाफा जगेडा कोषमा संचित गरी राख्ने निर्णय गरेको छ ।  

साथै जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने नेपाल लाइफले पनि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको छ । कम्पनीले एफपीओको प्रिमियममा लाग्ने भूतप्रवाही कर तिरेका कारण सो आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट भने लाभांश घोषणा गर्न बाँकी नै छ ।  

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जित मुनाफाको केही प्रतिशत जगेडा कोषमा सञ्चित गर्नुपर्ने व्यवस्था छ । बीमा व्यवसायमा सुधार देखिएपनि बीमा कम्पनीहरुको लाभांश क्षमता भने घट्दै गइरहेको देखिन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.