काठमाण्डौ । साता तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये ४ समूह राताम्य भएका छन् भने ९ उपसमूहमा हरियाली छाएको छ । बीमा समूहका उपसूचकमा जीवन बीमा समूह ०.३४ प्रतिशतले बृद्धि भएको छ, भने निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.८७ प्रतिशतले वृद्धि भई ८२६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ पनि ६.०७ प्रतिशतले बढेर ७०९ रुपैयाँ ६० पैसा पुगेको छ ।
यसका साथै हिमालयन लाइफको १.९४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८४ प्रतिशत, आईजीआई प्रडेन्सियल इन्स्योरेन्सको १.७७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०९ प्रतिशत, हिमालयन एभरेष्टको १ प्रतिशत, युनाइटेड अजोडको ०.६३ प्रतिशत, सानिमा जिआइसीको ०.५६ प्रतिशत, सिटिजन लाइफको ०.५५ प्रतिशत, आइएमई लाइफको ०.३६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२२ प्रतिशत र नेपाल लाइफको ०.११ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने तथा सेयरभाउ घट्ने बीमा कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९० प्रतिशतले घटेर ४७९ रुपैयारँ ७० पैसा कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.९९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६७ प्रतिशत, एलआइसी नेपालको ०.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.२४ प्रतिशत, सन नेपाल लायप्mको ०.१७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१३ प्रतिशत र सलिकोको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।
सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ बीमा कम्पनी छन् । सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको ७५ करोड २७ लाख, नेपाल रि इन्स्योरेन्सको २० करोड ७८ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                