यी हुन् सस्तो सेयरमूल्य भएका १५ हाईड्रो, आधारभूत रुपमा लगानीका लागि कुन कति उपयुक्त ?
काठमाण्डौ । लगातार ७ दिन घटेको सेयरबजार आज दोहोरो अंकले बढेको छ । अहिलेको सेयरबजार बियरिस ट्रेण्ड सकिएर बुल ट्रेण्डमा जादै गरेको बजार जानकारहरु बताउँछन् । एक सातासम्म बजार लगातार घट्दा सूचीकृत केही कम्पनीका सेयरभाउ निकै सस्तो मूल्यमा पाइन थालेको छ । केही दिनअघिसम्म सेयरबजार बियरिस ट्रेन्डमा थियो । बजारमा अत्यासलाग्दो गरी कारोबार सुस्ताइरहेको बेला कतिपय कम्पनीका सेयर...