सोमबार, बैशाख ७,२०८३ 06:32:21
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:32:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन् सस्तो सेयरमूल्य भएका १५ हाईड्रो, आधारभूत रुपमा लगानीका लागि कुन कति उपयुक्त ?

Bizshala
यी हुन् सस्तो सेयरमूल्य भएका १५ हाईड्रो, आधारभूत रुपमा लगानीका लागि कुन कति उपयुक्त ?
Shivam Cement

काठमाण्डौ । लगातार ७ दिन घटेको सेयरबजार आज दोहोरो अंकले बढेको छ । अहिलेको सेयरबजार बियरिस ट्रेण्ड सकिएर बुल ट्रेण्डमा जादै गरेको बजार जानकारहरु बताउँछन् ।  

एक सातासम्म बजार लगातार घट्दा सूचीकृत केही कम्पनीका सेयरभाउ निकै सस्तो मूल्यमा पाइन थालेको छ । केही दिनअघिसम्म सेयरबजार बियरिस ट्रेन्डमा थियो । बजारमा अत्यासलाग्दो गरी कारोबार सुस्ताइरहेको बेला कतिपय कम्पनीका सेयर सस्तो मूल्यमै पाइन थालेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये धेरैजसो हाइड्रोपावर समूहका कम्पनीका सेयरभाउ तीनसय रुपैयाँ भन्दा तल छ । बजारमा तीव्र उतारचढाव चलिरहेकाले उक्त हाइड्रो कम्पनीका सेयरभाउ अझै घट्न सक्ने देखिन्छ भने बढ्ने सम्भावना पनि त्यत्तिकै छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दोस्रो बजारबाट सस्तो मूल्यमै सेयर खरिद गर्न पाइयो भन्दैमा हाम फालिहाल्दा डुब्ने चान्स बढी हुनसक्छ । लगानी गर्नुअघि सम्बन्धित कम्पनीको फन्डामेन्टल अवस्था कस्तो छ र बजारमा सूचीकृत सेयर संख्या कति छ त्यो बुझ्न जरुरी हुन्छ ।  

फन्डामेन्टल रुपमा राम्रै तर सेयरभाउ सस्ता भएका कम्पनीमा लगानी गर्दा केही समय होल्ड गर्न सक्ने हो भने त्यस्तो कम्पनीबाट राम्रो रिटर्न पाउन सकिने सम्भावना बढी रहन्छ । तर सेयरभाउ पनि सस्तो आधारभुत पक्ष पनि ठिकै मात्रै भएका कम्पनीमा लगानी गर्दा भने सोचेजस्तो रिटर्न नपाइन पनि सक्छ । यदि घट्दो सेयरमूल्यको मौकामा सस्तो भाउमै सेयर खरिद गर्न खोजिरहनुभएको छ भने यी हाइड्रो कम्पनी उचित हुन सक्छ ।

CG Motors
Garima Development Bank
IME remit

बुधबार कारोबार गरेका कम्पनीको अन्तिम बिक्री मूल्यका आधारमा सस्तो सेयरभाउ रहेका १५ हाइड्रोपावर कम्पनीको सूची तयार पारेका छौं । जसमा अप्पर तामाकोशी, हिमाल दोलखा, आँखु खोला, नेशनल, लिबर्टी इनर्जी, अरुण काबेली, शिव श्री, हिमालयन उर्जा विकास, ग्रीन लाइफ, अरुण भ्याली, सिंगटी हाइड्रो इनर्जी, अपि पावर, माउन्टेन हाइड्रो नेपाल, ङादी ग्रुप पावर र रिडी पावर रहेका छन् । यी हाइड्रो कम्पनीहरुको सेयरभाउ तीन सय रुपैयाँ भन्दा कम छ ।  

यदि दोस्रो बजारबाट सस्तो सेयरभाउ भएका कम्पनी खोज्दै हुनुहुन्छ भने यी हाइड्रो कम्पनीको सेयर तपाईको लागि खरिदको अवसर हुन सक्छ । तर उक्त कम्पनीहरुको वित्तीय अवस्था तथा आधारभुत पक्ष कस्तो छ त्यसको विश्लेषण भने हुन जरुरी छ ।

यस्तो छ सेयरबजारमा उपलब्ध कम सेयरमूल्य भएका हाईड्रो कम्पनीहरुको अधारभूत अवस्था:

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.