मंगलवार, आश्विन १३,२०८३ 06:29:46
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:46
Bizshala
Global IME Bank Limited

विकास बैंकमा लगानीकर्ताको आकर्षण, रु.१.४८ खर्बको सेयर कारोबार

Bizshala
विकास बैंकमा लगानीकर्ताको आकर्षण, रु.१.४८ खर्बको सेयर कारोबार
New Office

काठमाण्डौ । पछिल्लो समय विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विकास बैंक समूहको सेयर कारोबार ३३६.२१ प्रतिशतले बृद्धि भएको छ ।  

चालु आवको ११ महिनासम्ममा यो समूहको १ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३३६.२१ प्रतिशत बढी हो । गत आवको जेठ मसान्तसम्म विकास बैंक समूहको ३४ अर्ब २ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पछिल्लो समय सेयरबजारमा लो क्याप तथा अल्ट्रा लो क्याप कम्पनीमा लगानीकर्ताहरु आकर्षित छन् । विकास बैंक समूहमा रहेका लो क्याप कम्पनीहरुमा ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकमा लगानीकर्ताहरु आकर्षित हुँदा यी कम्पनीहरुको सेयर कारोबार उच्च बृद्धि भएको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार लो क्यापमा गनिने यी विकास बैंकहरुको सेयर कारोबार बढ्दा सिंगो विकास बैंक समूहको कारोबार बढ्न पुगेको हो ।  

त्यस्तै, लगानी समूहको सेयर कारोबार पनि ३०१.१३ प्रतिशतले बढेको छ । गत आवको जेठ मसान्तसम्म यो समूहको ३७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएकोमो यस अवधिसम्म १ खर्ब ४९ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

यो समूहमा कुल ७ वटा कम्पनी सूचीकृत छन् ।  

सो अवधिसम्म सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर कारोबार भएको छ । हाइड्रो समूहको कुल ७ खर्ब १३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको तुलनामा २९७.७० प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्म यो समूहको १ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.