काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी मंसिर ४ गते शुक्रबार आयोजना गर्ने भएको छ। साधारणसभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान १० बजे बस्नेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ।
यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र कम्पनी ऐनअनुसार संस्थाको लेखापरीक्षण तथा अन्य आवश्यक वित्तीय विवरण स्वीकृत गर्ने विषय पनि सभाको एजेन्डामा समावेश गरिएको छ।
साधारणसभामा संस्थाको सञ्चालक समितिमा प्रतिनिधि चयन गर्ने प्रस्तावसमेत पेस गरिनेछ। त्यस्तै, संस्थाको व्यवसाय विस्तार तथा सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक अधिकार प्रत्यायोजन गर्ने, चल–अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी प्रक्रिया अघि बढाउने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ।
साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसर्थमा कात्तिक ३० गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।