काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको २२औँ वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस सेयर र ६.२५६३ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकका अनुसार ४ प्रतिशत बोनस सेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको वितरण गरिनेछ। त्यस्तै, ६.२५६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ वितरण गरिनेछ।
यसअनुसार बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि सुजन काफ्ले एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।