सोमबार, आश्विन १९,२०८३ 07:16:35
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 07:16:35
Bizshala
Global IME Bank Limited

सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारणसभा सम्पन्न

Bizshala
सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारणसभा सम्पन्न
New Office

 

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको साधारणसभा आइतबार काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति प्राप्त विभिन्न मर्चेन्ट बैंकिङ सेवा दिँदै आएको जनाएको छ । कम्पनीले धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले पछिल्लो समय धितोपत्र प्रत्याभूति व्यवसायलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । यस क्रममा उत्पादन तथा प्रशोधन क्षेत्रलगायत विभिन्न कम्पनीमा लगानी रहेको र लगानीसम्बन्धी अवसर विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ ।

कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठले आगामी दिनमा सेवा विस्तारसँगै संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई समेत पुँजी बजारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनलका देशभरका शाखा कार्यालयमार्फत विभिन्न सेवा विस्तार गर्दै लगिएको कम्पनीले जनाएको छ । यसबाट पुँजी बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्नुका साथै दीर्घकालीन तथा गुणस्तरीय लगानी संस्कार विकासमा योगदान पुग्ने विश्वास कम्पनीको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.