काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारीलगायत सेयरधनीहरूको सेयर लगत अद्यावधिक गरी राख्नेसहितका सम्पूर्ण कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो।
अब कम्पनीको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।