बुधबार, आश्विन २१,२०८३ 11:25:03
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 11:25:03
Bizshala
Global IME Bank Limited

हुम्लामा हिमपात र वर्षा, जनजीवन प्रभावित

Bizshala
हुम्लामा हिमपात र वर्षा, जनजीवन प्रभावित
New Office

काठमाडौं। गए रातिदेखि सुरु भएको वर्षा र हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। अदानचुली, ताँजाकोटलगायत क्षेत्रमा वर्षा जारी रहँदा चिसो बढेको छ। वर्षाले ग्रामीण कच्ची सडक तथा गोरेटो बाटो हिलाम्मे हुँदा आवतजावत र यातायातमा समस्या भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्केगाड–१ जैरको खच्चामा सुक्खा पहिरोको समस्या भइरहेकै बेला निरन्तर वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय दीपक कार्कीले बताए।

वर्षाका कारण पाक्न लागेको अन्नबाली तथा तरकारीमा क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा खोलानालाको बहाव बढ्नुका साथै बाढीपहिरोको जोखिमले स्थानीय त्रसित बनेका छन्। चिसो बढेसँगै पशुचौपायाको आहार र संरक्षणमा समेत समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले वर्षा र हिमपात जारी रहेकाले सुरक्षित रहन आग्रह गरेका छन्। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.