बुधबार, आश्विन २१,२०८३ 02:44:02
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 02:44:02
Bizshala
Global IME Bank Limited

६ महिनापछि आईपीओ अनुमति पाएको हिम पर्वतको ‘फाइनान्सियल एक्स–रे’: नाफा १७ करोड, ऋण साढे ३ अर्बमाथि !

Bizshala
६ महिनापछि आईपीओ अनुमति पाएको हिम पर्वतको ‘फाइनान्सियल एक्स–रे’: नाफा १७ करोड, ऋण साढे ३ अर्बमाथि !
New Office

काठमाण्डौ । करिब ६ महिनापछि धितोपत्र बोर्डबाट आईपीओ अनुमति पाउने पहिलो कम्पनी बनेको हिम पर्वत हाइड्रोपावर अहिले लगानीकर्ताको राडारमा छ । आईपीओमा पैसा हाल्नुअघि कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य कस्तो छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।  

पछिल्लो विवरणले कम्पनी घाटाबाट १७ करोड रुपैयाँ नाफामा फड्किएको देखाउँछ, तर यही अवधिमा २० करोड रुपैयाँभन्दा बढी वित्तीय लागत व्यहोरेको तथ्यले नाफाको चमकभित्र ऋणको दबाबसमेत देखाइरहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी ५ लाख ६४ हजार ६७४ रुपैयाँ घाटामा रहेको थियो । यसरी एक वर्षको अवधिमै कम्पनी घाटाबाट बाहिरिएर दोहोरो अंकको करोड नाफामा पुगेको देखिन्छ ।

कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीलगायतबाट ५७ करोड ९४ लाख ४ हजार १०१ रुपैयाँ आम्दानी गरेको छ । यसको बिक्री लागत ५ करोड ७३ लाख २८ हजार २९७ रुपैयाँ रहेको छ ।

यस आधारमा कम्पनीको कुल नाफा ५२ करोड २० लाख ७५ हजार ८०४ रुपैयाँ कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको विवरणमा विद्युत् बिक्रीबाट आम्दानी देखिएको थिएन । पछिल्लो वर्ष आयोजना सञ्चालनमा आएर विद्युत् बिक्री सुरु भएसँगै कम्पनीको आम्दानी र नाफामा ठूलो परिवर्तन आएको वित्तीय विवरणले देखाउँछ ।

नाफाको ठूलो हिस्सा ब्याजमै 

कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने मुख्य पक्ष भने उच्च वित्तीय लागत हो ।

हिम पर्वत हाइड्रोले समीक्षा वर्षमा मात्रै २० करोड २३ लाख ८९ हजार ८६० रुपैयाँ वित्तीय लागत व्यहोरेको छ ।

३७ करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीको करअघिको नाफा वित्तीय लागत कटाएपछि १७ करोड ५१ लाख ३६ हजार ८६१ रुपैयाँमा सीमित भएको छ । अर्थात् कम्पनीले सञ्चालनबाट आकर्षक नाफा कमाए पनि त्यसको ठूलो हिस्सा ऋणको ब्याजलगायत वित्तीय लागतले खाइरहेको देखिन्छ ।

कम्पनीले कर्मचारी बोनसका लागि ३५ लाख २ हजार ७३७ रुपैयाँ व्यवस्था गरेको छ । त्यसपछि कर तथा बोनसअघिको नाफा १७ करोड १६ लाख ३४ हजार १२४ रुपैयाँ रहेको छ ।

करसम्बन्धी समायोजनपछि कम्पनीको खुद नाफा १७ करोड १ हजार ४१३ रुपैयाँ कायम भएको छ ।

कम्पनीको वित्तीय विवरणमा नाफासँगै ठूलो ऋणभार पनि देखिएको छ । कम्पनीको गत आवको अन्त्यसम्म कुल इक्विटी १ अर्ब २६ करोड ३७ लाख ७४ हजार १२३ रुपैयाँ रहेको छ । जबकि सोही अवधिमा कम्पनीको कुल दायित्व ३ अर्ब ७४ करोड ४३ लाख ५१ हजार ६९८ रुपैयाँ पुगेको छ ।

यस आधारमा कम्पनीको कुल दायित्व इक्विटीको तुलनामा करिब २.९६ गुणा बढी देखिन्छ । अर्थात् कम्पनीसँग आफ्नै पूँजीभन्दा झण्डै तीन गुणा बढी दायित्व रहेको छ ।

दीर्घकालीन ऋण मात्रै २.९४ अर्ब

कम्पनीको दायित्वको सबैभन्दा ठूलो हिस्सा दीर्घकालीन ऋणमा केन्द्रित छ ।

गत आवको अन्त्यसम्म हिम पर्वत हाइड्रोको दीर्घकालीन कर्जा तथा सापटी २ अर्ब ९३ करोड ८६ लाख ७७ हजार ३८२ रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो दीर्घकालीन ऋण २ अर्ब ६३ करोड ७३ लाख ४५ हजार ७०९ रुपैयाँ थियो। यसरी एक वर्षमै दीर्घकालीन ऋण करिब ३० करोड रुपैयाँले बढेको देखिन्छ ।

लीज दायित्व र स्थगित कर दायित्वसमेत जोड्दा कम्पनीको कुल गैरचालु दायित्व २ अर्ब ९४ करोड ५४ लाख ७१ हजार २३३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो दायित्व २ अर्ब ६४ करोड ९३ लाख ३४ हजार ९६५ रुपैयाँ थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

छोटो अवधिको ऋण पनि ७१.३० करोड

हिम पर्वत हाइड्रोको छोटो अवधिको ऋणसमेत उल्लेख्य छ । समीक्षा वर्षको अन्त्यसम्म कम्पनीको छोटो अवधिको ऋण ७१ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो ऋण करिब ४६ करोड ९९ लाख ६२ हजार रुपैयाँ थियो।

अर्थात् कम्पनीको छोटो अवधिको ऋण पनि एक वर्षमा करिब २४ करोड ३० लाख रुपैयाँले बढेको छ ।

दीर्घकालीन र छोटो अवधिको मूल ऋण मात्रै जोड्दा कम्पनीसँग करिब ३ अर्ब ६५ करोड १६ लाख ७७ हजार रुपैयाँ ऋण रहेको देखिन्छ ।

चालु दायित्व ७९.८८ करोड

कम्पनीको कुल चालु दायित्व आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ७९ करोड ८८ लाख ८० हजार ४६५ रुपैयाँ पुगेको छ ।

यसमा ७१ करोड ३० लाख रुपैयाँ छोटो अवधिको कर्जा, करिब ३ करोड ८६ लाख रुपैयाँ व्यापारिक तथा अन्य भुक्तानीयोग्य रकम, ७ करोड ६३ लाख ५६ हजार रुपैयाँ Retention Liabilities, करिब ५० लाख ५६ हजार रुपैयाँ लीज दायित्व तथा अन्य चालु दायित्व समावेश छन् ।

अघिल्लो वर्ष कुल चालु दायित्व ७० करोड ८६ लाख ६४ हजार रुपैयाँ थियो ।

यसअघि सार्वजनिक सम्पत्तिसम्बन्धी विवरणअनुसार कम्पनीसँग चालु सम्पत्ति भने करिब ३२ करोड १६ लाख रुपैयाँ मात्रै रहेको छ। यसरी हेर्दा चालु सम्पत्तिको तुलनामा चालु दायित्व धेरै देखिन्छ, जसले कम्पनीको अल्पकालीन तरलता व्यवस्थापनलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने अवस्था देखाउँछ ।

रिजर्भ सकारात्मक, नेटवर्थ करिब ११५ रुपैयाँ

अर्कोतर्फ कम्पनीको इक्विटी पक्ष भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ ।

कम्पनीको चुक्ता सेयर पूँजी १ अर्ब ९ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिजर्भ तथा सरप्लस (जगेडा) १६ करोड ५२ लाख ७४ हजार १२३ रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कम्पनीको रिजर्भ तथा सरप्लस ३५ लाख ६४ हजार ८६४ रुपैयाँ ऋणात्मक थियो । पछिल्लो वर्ष १७ करोड रुपैयाँ नाफा आर्जन गरेसँगै रिजर्भ सकारात्मक बनेको देखिन्छ ।

यस आधारमा कम्पनीको प्रतिसेयर नेटवर्थ करिब ११५.०५ रुपैयाँ देखिन्छ । अर्थात् १०० रुपैयाँ अंकित मूल्यको सेयरको किताबी मूल्य करिब ११५ रुपैयाँ छ ।

कुल सम्पत्ति ५ अर्ब, त्यसमा ७५ प्रतिशत दायित्व

हिम पर्वत हाइड्रोको कुल सम्पत्ति आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म ५ अर्ब ८० लाख १२ हजार ८२२ रुपैयाँ रहेको छ ।

त्यसमध्ये १ अर्ब २६ करोड ३८ लाख रुपैयाँ हाराहारी इक्विटीबाट र बाँकी ३ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ दायित्वबाट वित्तपोषण भएको देखिन्छ।

यस हिसाबले कम्पनीको कुल सम्पत्तिको करिब ७५ प्रतिशत हिस्सा दायित्वबाट र करिब २५ प्रतिशत हिस्सा इक्विटीबाट वित्तपोषित छ ।

नाफा आकर्षक, तर ऋणले दबाब

हिम पर्वत हाइड्रोले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनी ५ लाख ६५ हजार रुपैयाँ हाराहारी घाटामा थियो।

कम्पनीको सञ्चालन नाफा ३७ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहे पनि वित्तीय लागत मात्रै २० करोड २३ लाख ८९ हजार रुपैयाँ रहेको छ।

यही तथ्यलाई ऋण विवरणसँग जोडेर हेर्दा कम्पनी सञ्चालनबाट नाफामा पुगे पनि ठूलो ऋणका कारण ब्याज खर्चले नाफाको महत्वपूर्ण हिस्सा खाइरहेको देखिन्छ।

करिब ६ महिनापछि धितोपत्र बोर्डबाट आईपीओ अनुमति पाएको हिम पर्वतको वित्तीय विवरणले एकातिर नाफा, रिजर्भ र नेटवर्थमा सुधार देखाउँछ भने अर्कोतर्फ ३.६५ अर्ब रुपैयाँभन्दा बढी बैंक ऋण, ३.७४ अर्ब कुल दायित्व र कमजोर अल्पकालीन तरलतालाई मुख्य जोखिमका रूपमा अगाडि ल्याएको छ ।

आईपीओमा आवेदन दिनुअघि लगानीकर्ताका लागि कम्पनीले आगामी वर्षमा विद्युत् बिक्रीबाट कति नगद सिर्जना गर्छ, ऋण कति छिटो घटाउँछ र वित्तीय लागत कति नियन्त्रण गर्न सक्छ भन्ने विषय महत्वपूर्ण हुने देखिन्छ ।

घाटाबाट नाफामा फर्किएको हिम पर्वत हाइड्रोको प्रतिसेयर आम्दानीमा भने उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको ईपीएस १५.४८ रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो सूचक ०.०५ रुपैयाँ ऋणात्मक थियो ।

धितोपत्र बोर्डले करिब १७० दिनको अन्तरालपछि हिम पर्वत हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले अब ५९ लाख १५ हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्ने तयारी गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.