काठमाडौं। एनआईसी एसिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड’ को इकाइ बाँडफाँट आज हुने भएको छ। यस योजनाको प्रवर्द्धक एनआईसी एसिया बैंक लिमिटेड र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेका छन्।
फन्डको प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ कायम गरिएको छ। कुल ८ करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड २० लाख इकाइ, अर्थात् १२ करोड रुपैयाँ बराबरको इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड ८० लाख इकाइ निष्कासन तथा बिक्रीका लागि खुला गरिएको थियो।
उक्त इकाइ असोज ७ देखि १३ गतेसम्म संघसंस्था तथा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएकोमा सो अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकलाई बन्डफन्ड बाँडफाँट गरिने भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।