शुक्रबार, आश्विन २३,२०८३ 05:24:11
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 05:24:11
Bizshala
Global IME Bank Limited

विश्व लगानीकर्ता सप्ताहमा सन सेक्युरिटिजका चार कार्यक्रम, विद्यार्थी र लगानीकर्तालाई पुँजीबजारबारे प्रशिक्षण

Bizshala
विश्व लगानीकर्ता सप्ताहमा सन सेक्युरिटिजका चार कार्यक्रम, विद्यार्थी र लगानीकर्तालाई पुँजीबजारबारे प्रशिक्षण
New Office

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. ६४) ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजीबजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले चारवटा कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले असोज २१ देखि २३ गतेसम्म लगानीकर्ता अन्तरक्रिया, वित्तीय साक्षरता कक्षा, लगानीकर्ता भेटघाट तथा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको हो।

असोज २१ गते सन सेक्युरिटिजको कार्यालयमा आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा स्टक मार्केट विश्लेषक पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्माले नेपालको पुँजीबजारको वर्तमान अवस्था, सम्भावना तथा चुनौती, लगानी रणनीति र जोखिम व्यवस्थापनका विषयमा सहभागीहरूसँग छलफल गरेका थिए।

कार्यक्रममा सहभागी लगानीकर्ताले बजारसम्बन्धी जिज्ञासा राख्नुका साथै आफ्नो लगानीसम्बन्धी बुझाइ थप स्पष्ट बनाउने अवसर पाएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी असोज २२ गते ललितपुरको ग्वार्कोस्थित सुप्रभात कलेजका विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। कक्षामा बचतको महत्व, व्यक्तिगत वित्तीय व्यवस्थापन, पुँजीबजारको आधारभूत जानकारी, सेयर बजारमा लगानी प्रक्रिया, लगानीका अवसर तथा जोखिम र विवेकपूर्ण लगानी निर्णयका विषयमा जानकारी दिइएको थियो।

सोही दिन कम्पनीले लगानीकर्ता भेटघाट तथा चियापान कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा नेपालको पुँजीबजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती र भावी लगानी रणनीतिका विषयमा छलफल गरिएको थियो।

असोज २३ गते क्वेस्ट इन्टरनेसनल कलेजका विद्यार्थीका लागि सन सेक्युरिटिजको कार्यालयस्थित ट्रेडिङ हलमा ब्रोकर भिजिट कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममार्फत विद्यार्थीलाई धितोपत्र दलाल कम्पनीको कार्यप्रणाली, सेयर कारोबार प्रक्रिया, अनलाइन कारोबार प्रणाली, लगानीकर्तालाई उपलब्ध गराइने सेवा तथा नेपालको पुँजीबजारको व्यावहारिक पक्षबारे प्रत्यक्ष जानकारी दिइएको कम्पनीले जनाएको छ।

कार्यक्रमहरू सन सेक्युरिटिजका कर्मचारी विवेक अधिकारी, दीपक राज पन्त, दिपेश न्यौपाने र राहुल थापालियाको सहजीकरणमा सञ्चालन भएका थिए। उनीहरूले पुँजीबजारका आधारभूत अवधारणा, लगानी प्रक्रियाको व्यावहारिक पक्ष, वित्तीय साक्षरताको आवश्यकता तथा जोखिम पहिचान र व्यवस्थापनबारे सहभागीलाई जानकारी दिएका थिए।

कम्पनीले यस्ता कार्यक्रमले विद्यार्थी तथा लगानीकर्तामा वित्तीय ज्ञान बढाउन, पुँजीबजारप्रति जिम्मेवार दृष्टिकोण विकास गर्न तथा सूचित लगानी निर्णयलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

सन सेक्युरिटिजले आगामी दिनमा पनि वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.