काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

