काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउले रेकर्ड कायम गरेको छ । आजको कारोबारमा ९ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्यले पहिलोपटक तोलाको ३ लाखको आँकडा पार गरेको छ ।
यो वृद्धिका साथ आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ३२० रुपैयाँले बढ्दै प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।