काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २० हजार ५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुन हालसम्मकै महङ्गो बन्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनपनि सुनकोृ भाउ रेकर्डस्तरमा पुगेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिन प्रतितोला ७ हजार ३ सय रुपैयाँको उचाईमा पुगेको चाँदीको भाउ आज २०५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य आज प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ ।

