काठमाण्डौ । अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको भाउले आजपनि नयाँ उचाई हासिल गरेको छ । आजको कारोबारमा सुनको भाउ ५ हजार ५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिनपनि सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।