काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ ऐतिहासिक उचाईमा पुगृकाृ छ । सोमबारको कारोबारमा सुनको भाउ बढेसँगै मूल्यले नयाँ उचाई चुमेको हो ।
आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

