काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.९३ प्रतिशत अर्थात ४०.५४ डलरले बढेसँगै सुनको मूल्यले अल टाइम हाईको उचाई हासिल गरेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको भाउ ४०.४२ डलरले बढेर प्रतिऔंस ४ हजार ३९४ डलरमा कारोबार भईरहेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना र डलर कमजोर बनेसँगै सुनको भाउ आकाशिएको हो । यो वर्ष मात्रै सुनको भाउ ६७ प्रतिशतले बढिसकेको छ । बढ्दो भू–राजनीतिक तनाव, विश्वका केन्द्रीय बैंकहरुको बढ्दो खरिद, डलरमा देखिएको उचारचढाव र न्यून ब्याजदरका कारण यस वर्ष सुनको भाउ निरन्तर बढिरहेको छ ।
लगानीकर्ताले सन् २०२६ मा फेडरल रिजर्भले दुईपटकसम्म ब्याजदर घटाउन सक्ने आँकलन गरेका छन् । न्यून ब्याजदरको अवस्थामा सुनको भाउ बढ्ने गर्छ ।
यस्तै आज चाँदीको भाउ १.८८ डलरले बढ्दै प्रतिऔंस ६९.१७ डलरमा कारोबार भईरहेको छ ।

