काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले लगातार दुईदिन नयाँ उचाई चुमेको छ । सोमबारको कारोबारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेसँगै अल टाइम हाईको उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । यो दिन चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वृद्धि भईरहेका कारण नेपाली बजारमा समेत सुनको मूल्य बढिरहेको छ ।