काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ उचाई हासिल गरेको छ । आजको कारोबारमा सुनको भाउ ३.०४ प्रतिशत अर्थात १५६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार २४० डलरमा कारोबार भईरहेको छ । विश्व भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।
यो वर्ष मात्रै सुनको मूल्य १८ प्रतिशतले बढिसकेको छ । विश्वका केन्द्रीय बैंकहरुले खरिद बढाउनु, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने सम्भावना बलियो बन्नु र डलर कमजोर हुनु जस्ता कारणले पछिल्लो समय सुनमा निरन्तर उछाल आईरहेको छ ।
विश्लेषकहरुले यो वर्षको अन्त्यसम्म सुनको भाउ प्रतिऔंस ६ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।
यस्तै आज चाँदीको मूल्य भने ०.३२ प्रतिशतले घटेर प्रतिऔंस ११५ डलरमा कारोबार भईरहेको छ ।

