काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार ४८५ रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।

