काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बिहिबार सुनको मूल्य घटेर एक सातायताकै न्यून स्तर नजिक कारोबार भएको छ। अमेरिका–इरानबीच पुनः बढेको सैन्य तनावले तेलको मूल्य उकालो लाग्नुका साथै मुद्रास्फीति र लामो समयसम्म उच्च ब्याजदर कायम रहने चिन्ता बढाएपछि सुनको मूल्यमा दबाब परेको हो।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३६ प्रतिशत अर्थात १४ डलरले घटेर प्रतिऔंस ४ हजार ५८ डलरमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुन जुलाई १ यताकै न्यून बिन्दुमा पुगेको थियो।
बजारमा आएको गिरावटको मुख्य कारण अमेरिकाले इरानमाथि गरेको नयाँ सैन्य कारबाही र त्यसपछि उत्पन्न भएको क्षेत्रीय तनावलाई मानिएको छ। स्ट्र्टठ अफ हर्मुजमा ढुवानी सुरक्षा कायम राख्न अमेरिकाले आक्रमण गरेको दाबी गरेको छ भने त्यसपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। यसको असरस्वरूप तेलको मूल्य बढ्दा विश्वव्यापी मुद्रास्फीतिको जोखिम बढेको छ।
मुद्रास्फीतिको जोखिम बढेपछि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर अझै उच्च राख्न सक्ने अपेक्षा बलियो बनेको छ। उच्च ब्याजदरले ब्याज नदिने सम्पत्ति भएकाले सुनको आकर्षण घटाउने गर्छ।
यस्तै आज चाँदीको भाउपनि ०.६७ प्रतिशतले घटेर प्रतिऔंस ५७.७८ डलरमा झरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।