काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि अल टाइम हाईको उचाईमा पुगेको छ । आज सुनको मूल्य १.२६ प्रतिशत अर्थात ३७.८८ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३७.७३ डलरमा कारोबार भईरहेको छ । मध्यपूर्व क्षेत्रमा बढेको तनाव र विश्वभर बढेको व्यापार अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।
अमेरिकी राष्ट्रपतिको ट्यारिफ नीतिका कारण आर्थिक सुस्तता छाउने र यसले अन्नतः आर्थिक मन्दी निम्तिने खतरा समेत बढेकाले लगानीकर्तामा भयको अवस्था सिर्जना भएको छ ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.२३ डलरले बढ्दै प्रतिऔंस ३४.०२ डलर कायम भएको छ ।