सोमबार, बैशाख ७,२०८३ 12:16:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:16:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक वर्षमा करिब ३६%ले बढ्यो सुनको भाउ

Bizshala
एक वर्षमा करिब ३६%ले बढ्यो सुनको भाउ
Shivam Cement

काठमाण्डौ । वर्ष २०८१ मा घरेलु बजारमा सुनको मूल्य करिब ५० हजार रुपैयाँले महङ्गिएको छ । विसं २०८१ साल वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकोमा वर्षको अन्तिम दिनसम्म १ लाख ८६ हजार रुपैयाँ पुग्यो ।  

यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य ४९ हजार २ सय अर्थात ३५.९६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाईका हासिल गर्यो । चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार पुग्दै सुनको भाउ हालसम्मकै उच्च कायम भयो ।  

गत वर्ष सुनको मूल्य न्यूनतम १ लाख ३४ हजार ५ सय पुगेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै गत वर्ष चाँदीको मूल्य पनि १५.२९ प्रतिशतले वृद्धि भएको छ । वैशाख २ गते प्रतितोला १७ सय रुपैयाँ रहेको चाँदीको भाउ चैत ३१ गते प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । यसरी एक वर्षको अवधिमा चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको छ ।  

यो अवधिमा चाँदीको मूल्य प्रतितोला २ हजार १३८ रुपैयाँसम्म पुगेको थियो ।  

गत वर्ष सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको थियो । सरकारले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष ०८१/८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

यो निर्णयपश्चात सुनको मूल्यमा तीव्र गिरावट आएको थियो ।  

तर अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य उकालो लागेसँगै घरेलु बजारमा समेत सुनको मूल्य बढ्न थाल्यो । अमेरिकाले आफ्ना व्यापार साझेदार देशहरुमाथि लगाएको भन्सार शुल्कले विश्व व्यापार युद्ध निम्तिने खतरा र बदलिदो विश्व भू–राजनीतिक प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भईरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २३० डलरमा कारोबार भईरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.