काठमाण्डौ । अमेरिकी डलरको मूल्य नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस १० गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३६.०३ रुपैयाँ र बिक्रीदर १३६.६३ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ९ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.९० बिक्रीदर १३६.५० रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४१.४७ रुपैयाँ र बिक्रीदर १४२.१० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.५१ रुपैयाँ र बिक्रीदर १७१.२७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.७९ रुपैयाँ र बिक्रीदर ८५.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४१.३७ रुपैयाँ र बिक्रीदर ४४३.३२ रुपैयाँ कायम भएको छ ।