काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ । बुधबार स्थानिय बजारमा सुन तोलामा ९ सय रुपैयाँले महङ्गिएको छ ।
यससँगै आज सुन प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ३४७ हजार ९ सयमा भएको थियोृ । उक्त दिन सुनको मूल्य ५ हजार २ सयले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ कायम भएको छ ।

