काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य घटेको थियो । आइतबार १२ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७४ हजार ५ सय कायम थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।