काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ४ हजार २०० रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज छापावाला सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४६ हजार ९१५ रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ९५ रुपैयाँले वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दा सुनको भाउ बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।