काठमाण्डौ । स्थानिय बजारमा सोमबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
आइतबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ९ सय रुपैयाँले ओरालो लागेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २० डलरले घटेसँगै नेपाली बजारमा समेत सुनको भाउ घटेको हो । यसबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २१ डलर रहेको छ ।
घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज अघिल्लो दिनकै मूल्यमा अर्थात प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।